जसपा एमालेतिर ढल्कदा प्रचण्ड र देउवालाई तनाव

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । एमालेसँग चुनावी तालमेलको सम्भावना बढ्यो । गठबन्धनमा जसपालाई अवमूल्यन गरियो । एमालेले २० देखि २५ सिट दिने प्रस्ताव आएको छ ” – जनता समाजबादी पार्टीका एक नेताले भनेको यो भनाईले जसपा सत्ता गठबन्धन बाट अलग्गिएर प्रतिपक्षी दल नेकपा एमालेतिर ढल्केको देखिन्छ । २०–२५ सिट दिने एमालेको आश्वासनपछि जनता समाजवादी पार्टीले यू–टर्न लिन पुगेको बताइन्छ।

पटक पटक शिर्ष नेताहरुको बैठक बसिरहे पनि सत्तारूढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको सिट बाँडफाँटका कारण खटपट शुरू भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि तालमेल गर्ने निर्णय गरेर सिट र निर्वाचन क्षेत्र बाँडफाँटको लागि गठबन्धनभित्र छलफल चलिरहदा खटपट बढेको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सहयात्री दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए ।
पाँच दलले कार्यदल बनाएर सिट बाँडफाँटको काम गरिरहेको भए पनि दलहरूले चित्तबुझ्दोरूपमा सिट बाँडफाँट टुङ्ग्याउन नसक्दा झनै पेचिलो बनेको छ । जसका कारणले अझैपनी सिट संख्या बारे सार्वजनिक गर्न सकेका छैनन् ।

कार्यदलले सिट बाँडफाँट निर्णयमा र्पुयाउन नसकेपछि शीर्ष नेताहरूले मोटामोटी सिट संख्या बाँडफाँटको प्रारम्भिक हिसाब निकाले पनि टुंगोमा पुग्न सकेका चैनन् । त्यसैमा दलहरूबीच खटपट शुरू भएको छ ।

 

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) एमालेतिर ढल्किएको छ । हिजो शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहित सो पार्टीले विज्ञप्ति जारी गरेको छ।
हिजो शनिबार दिउँसो सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकको निर्णय भन्दै पार्टी प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गरेका थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long