६२ मतदान स्थल अति सम्वेदनशील भन्दै प्रशासनको यस्तो छ गोप्य योजना

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

रुपन्देही । चाडपर्वको छेकोमा उम्मेदवारी तयसङ्गै चुनावी माहोल तताउन दलहरु विभिन्न कार्यक्रम बनाउन जुटिरहदा प्रशासन भने आवश्यक सुरक्षा तयारीमा जुटेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि रूपन्देहीमा ६२ वटा मतदान स्थल अति सम्वेदनशील रहेको पहिचान यहाँको प्रशासनले गरेको छ।

 

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निर्वाचन स्थलको सुरक्षा विश्लेषण गरि १ सय २८ मतदान स्थललाई सम्वेदनशील र ७८ वटा निर्वाचन स्थल समान्य सूचीमा रहेको बताए ।

 

रुपन्देहीमा जम्मा ७ सय २ मतदान केन्द्र तोकिएका छन् । गत प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ५ सय ९८ मतदान केन्द्र र २ सय ८ मतदान स्थल रहेका थिए भने अहिले १ सय ४ मतदान केन्द्र थपिएसँगै मतदान केन्द्रको संख्या बढेर ७ सय २ पुगेको हो ।

यसैगरी, रूपन्देहीमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता पुगेका छन् । जसमध्ये ३ लाख २७ हजार ४ सय ३३ पुरूष, ३ लाख ११ हजार ५ सय ११ महिला र आठ जना अन्य मतदाता रहेका छन् ।

 

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भन्दा १ लाख १६ हजार ३ सय ५० मतदाता बढेका छन् । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रूपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता रहेका थिए ।

 

यसैगरी, स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा कुल मतदाताको सङ्ख्या ६ लाख ३२ हजार ३ सय ६० रहेको थियो । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन यता मात्रै जिल्लामा ६ हजार ५ सय ९२ मतदाता बढेका छन् ।

 

जिल्लामा प्रतिनिधि सभा तर्फ पाँच वटा क्षेत्र र प्रदेश सभा तर्फ १० वटा क्षेत्र रहेका छन् । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबै भन्दा धेरै मतदाता क्षेत्र नम्बर १ मा रहेका छन् भने सबै भन्दा कम क्षेत्र नम्बर ४ मा रहेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long