के हो दूरसंचारले लागू गरेको एमडीएमएस ? अब दर्ता गरेरमात्र मोबाइल चलाउनु पर्ने ब्यबस्था

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण आज बिहानदेखि मोबाईल प्रयोगकर्ताको सेटमा एउटा संदेश पठायो।जुन संदेश थियो – यो मोबाईल MDMS प्रणालीमा दर्ता भएको छ। नेपाल दूरसंचार प्राधिकरण । धेरैले यो बुझेनन् पनि।

प्राधिकरणले बिहीबारदेखि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम एमडीएमएस शुरु गरेका कारण यस्तो संदेश पठाएको हो । केही वर्षको प्रयासपछि प्राधिकरणले मोबाइलमा एमडीएमएस प्रणालीको शुरुआत गरेको हो ।

यसको प्रमुख उद्धेश्य नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्नु हो । प्रणाली अनुसार अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा नचल्ने प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताएका छन् ।

यसले मोबाइलबाट हुँदै आएको आपराधिक गतिविधिमा पनि कमी आउने विश्वास गरिएको छ ।

मिश्रका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् । अबदेखि भने सबै मोबाइल दर्ता गर्नेपर्ने हुन्छ।

 

ग्राहकले किन्दा पनि अब प्राधिकरणमा दर्ता भएको मोबाइलमात्र किन्नुपर्ने व्यवस्था भएपछि मोबाइलको ‘ग्रे मार्केट’ बन्द हुने अपेक्षा गरिएको छ ।

 

विदेशबाट नेपालीले आफन्तका लागि पठाएका मोबाइल कतै अवैध हुने त हैनन् भन्ने प्रश्नमा स्पष्ट पार्दै सहायक प्रवक्ता मिश्र भन्छन्, ‘त्यस्ता मोबाइल हामीले दर्ता गर्छौं ।’

 

नेपालमै किन्दा भने प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचना नै जारी गरेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long