तनहूँ १ मा रामचन्द्रलाई आफ्नैको डर

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसको लागि विभिन्न ब्यक्तिले आफू उठ्ने क्षेत्रमा उम्मेदवार घोषणा गरिरहेका छन् । यसै मेसोमा तनहूँ क्षेत्र नम्बर १ मा भर्खरै नेपाली कांग्रेस परित्याग गरेका विश्व बाँस्तोलाले उम्मेदवारी घोषणा गरेका छन् । उक्त क्षेत्र रामचन्द्र पौडेलको क्षेत्र हो । कांग्रेसले पौडेललाई उम्मेदवार बनाउन खोज्दै गर्दा बाँस्तोलाको उम्मेदवारीले कांग्रेसजनमा डर पैदा गराएको छ ।

 

कुनैबेला पौडेलकै विश्वासपात्र रहेका बाँस्तोलाको उम्मेदवारी घोषणाले तनहूँ कांग्रेस तर्सिएको हो । यसले आगामी निर्वाचनमा कस्तो परिणामा आउला भन्ने आशंका समेत पैदा गराएको छ । बाँस्तोलाले स्थानीय तहको निर्वाचनमा पार्टीले योग्यताअनुसारको टिकट नदिएको भन्दै पार्टीबाट राजिनामा दिएका थिए ।

 

बाँस्तोलाले यथास्थितिवादका विरुद्ध र परिवर्तनको पक्षमा आफूले उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long