नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको जिल्ला भेला सम्पन्न

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

बारा। नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ बाराले आज तेस्रो जिल्ला भेला सम्पन्न गरेको छ।उक्त भेलाले यश अघिको बारा जिल्लामा रहेको संघलाई बिघटन गरि हेमन्त शाह ठकुरीको अध्यक्षतामा संघलाई पुनर्गठन गरेको छ।

यसका साथै नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ(केन्द्र)को निर्देशन बमोजिम बारामा गठित जिल्ला संघलाई जिल्ला खेलकुद परिषद्मा दर्ता गर्ने निर्णय गरेको छ।

आज सम्पन्न भेलामा उक्त संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मानदेब हजारा , मधेश प्रदेस अध्यक्ष युद्ध प्रसाद बजगाँई , मधेश प्रदेस उपाध्यक्ष गणेश शाह ठकुरी, मधेश प्रदेस महासचिब भोला प्रसाद ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो।

यसैगरी आज गठित नौ सदस्यिय संघमा हेमन्त शाह ठकुरी अध्यक्ष हेमन्त शाह ठकुरी , उपाध्यक्ष रामशरण पाण्डे ,कोषाध्यक्ष रोवन शाह ठकुरी ,सचिव जागृत चौधरी ,सहसचिव प्रकाश ढकाल तथा सदस्यमा अनिश खड्का ,अजित लामा,राजु बस्नेत ,अजय गुरुङ रहेका छन्।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long