फर्केर हेर्दा ‘ठुला माछा’ समातिएको बर्ष बन्यो २०८०, यस्तो छ २५ ‘ठुला माछा’को सूची

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । २०८० साललाई बिदाई गरेको झण्डै हप्तादिन बितेको छ । २०८१ कस्तो हुने हो त्यो हेर्न बांकी नै छ । तर फर्केर २०८० लाई हेर्दा भने २५ ‘ठुला माछा’ समातिएको बर्षका रूपमा देखिएको छ ।

भ्रष्टाचार र अनियमितता जस्ता अपराधमा संलग्न ‘ठुला माछा’ उम्किरहेको भाष्य तोड्दै २०८० सालमा विभिन्न काण्डमा मुछिएका उच्चपदस्थ ब्याक्तीलाई मुद्दा चल्यो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने देखि ६० केजी सुनसम्म, इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर गरिएको सुन तस्करी देखि बालुवाटारस्थित ललिता निवास भित्रको जग्गा घोटाला सम्मका घटना हुँदै बाँसबारी जग्गा प्रकरणको अनुसन्धान २०८० मा सर्वाधिक चर्चामा रहे । 

यसका साथै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्मा पक्राउ परे र पछि छुटेको बर्ष २०८० ।

यी र यस्तै प्रकृतीका हाईप्रोफाईल संलग्न घटनाहरूको अनुसन्धानको बर्ष बन्यो २०८० । विभिन्न अभियोगमा २५ जना हाइप्रोफाइलहरू अनुसन्धानको दायरामा आए ।

पक्राउ परेका ‘ठुला माछा’को सूचि :-

१. बालकृष्ण खाँण, पूर्व गृहमन्त्री 
२. डा. इन्द्रजित राई, सुरक्षा सल्लाहकार 
३. टोपबहादुर रायमाझी, पूर्व उपप्रधानमन्त्री 
४. सन्दीप रायमाझी, पूर्व उपप्रधानमन्त्री रायमाझीका पुत्र 
५. टेकनारायण पाण्डे, सचिव 
६. आङटावा शेर्पा, पूर्व सभासद् 
७. सागर राई, पूर्व वडाध्यक्ष 
८. नरेन्द्र केसी, पूर्व गृहमन्त्री खाँडका स्वकीय सचिव 
९. टेकनाथ रिजाल, शरणार्थी नेता
१०. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग 
११. बालकृष्ण श्रेष्ठ, सीडीई भौतिक योजना तथा निर्माण मन्त्रालय 
१२. मीन बहादुर गुरुङ, सञ्चालक भाटभटेनी 
१३. सुधीर कुमार शाह, पूर्व निर्वाचन आयुक्त (मुद्दा नचल्ने निर्णय) 
१४. कलाधर देउजा, पूर्व सहसचिव 
१५. कृष्ण बहादुर राउत, सचिव   
१६. दावा छिरिङ, चिनियाँ मूलका बेल्जियन 
१७. शिव कुमार सर्राफ, सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष 
१८. राहुल महरा, पूर्व सभामुख पुत्र 
१९. कृष्ण बहादुर महरा, पूर्व सभामुख 
२०. अरुण चौधरी, प्रबन्ध निर्देशक सिजी होल्डिङ 
२१. अजित नारायण सिंह थापा, अध्यक्ष बाँसबारी छाला जुत्ता 
२२. सञ्जय ठाकुर, अध्यक्ष चाँदाबाग रेसिडेन्सी 
२३. डा. सुनिल कुमार शर्मा, सांसद नेपाली कांग्रेस 
२४. रामबहादुर बमजन, तपस्वी 
२५. कालीबहादुर खाम मगर ‘विविध’, जनमुक्ति सेनाका पूर्व कमान्डर 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long