गुल्मीका अग्निपिडितलाई वर्षायाम अगावै स्थायी घरको प्रवन्ध गर्न सरकारसंग नेता अर्यालको माग

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

गुल्मी  । नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले  गुल्मी जिल्लामा भएको आगलागी बाट पीडित पूर्णरूपमा विस्थापित घरपरिवारलाई तत्काल स्थायी घर निर्माण गरिदिन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्नु भएको छ ।

आज एक विज्ञप्तीमार्फत एमालेका युवा नेता अर्यालले  लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रण गर्न चालू आवमा विनियोजित एक करोड भन्दा बढी रकम र डिभिजन वन कार्यालयले खर्च गरेको करिब पाँच लाख रुपैयाँको खर्च कहाँ – कहाँ  भयो र परिणाम के भयो ? त्यस्को  खोजविन हुनुपर्ने पनि बताउनु भएको छ ।

अर्यालले भन्नू भएको छ – गुल्मीमा करिब १२ सय हेक्टरमा आगलागी भएको छ । यसबाट वनजंगल डढेलोमय बनेको छ ।  ६० भन्दा बढी घरपरिवार पूर्णरुपमा विस्थापित हुन पुगेका छन् ।   ती परिवारका घरमा रहेका भाडाकुडा , लत्ताकपडा ,अनाज र गोठ सहित चौपाया सखाप भएका छन् । आगलागी बाट विस्थापित घरपरिवार अहिले बिचल्लीमा छन् । जो अहिले छिमेक र नातापाताको सहारामा छन् । तत्काललाई विभिन्न ब्यक्ति , संघ सस्थाले जीवनको दैनिक  गर्जो  टार्ने सहयोग पुर्याएका छन् । तत्काल सघाउ पुगेपनि  स्थायी घरको चिन्ताबाट ग्रसित देखिन्छन् ।

यसर्थ  स्थानीय तह,प्रदेश सरकार र संघीय सरकारले विस्थापितहरुका लागि तत्काल स्थायी घर निर्माणमा पूर्णआर्थिक  सहयोग  गर्दै वर्षायाम अगावै आफ्नै घरमा बस्ने प्रवन्ध मिलाउन आग्रह गर्दछु । साथै लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रणका लागि चालू आवमा विनियोजित एक करोड भन्दा बढी रुपैयाँ के- के मा र कहाँ -कहाँ खर्च भयो ? त्यस्को परिणाम के देखियो ? गुल्मीमा डढेलो नियन्त्रणका लागि डिभिजन बन कार्यालय गुल्मीको करिब पाँच लाख रुपैयाँ कहाँ खर्च भयो ?यस्को खोजबिन गर्न जरुरी छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long