हास्यकलाकार गणेश इशाराले भोली धमाका मच्चाउँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । हास्यकलाकार गणेश इशाराले भोली शनिबार धमाका मच्चाउने भएका छन् । ईशाराको ‘अल नेपाल कमेडी सो’ अन्तर्गत भोली काठमाडौको जमलमा रहेको नाचघरमा धमाका मच्चाउने भएका हुन ।

‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ नेपालभर संचालन गर्दै आईरहेका छन् । कोभिडको कारण रोकिएको एकल सो कार्यक्रम पुःन सुरु भएको छ । कलाकार ईशाराले आफ्नै हजुर आमाको नाम ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरी आउँदा दिनहरुमा बिभिन्न समस्यमा परेका पिडितहरुलाई सहायता दिने उदेश्य रहेको स्मृतिकोष सचालक कलाकार ईशाराको भनाई छ ।

दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका इशारा गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ मा अभिनय गरी सकेका छन् ।

उनी कलाकारीतासँगै समाजसेवामा पनि उतिकै उनको हात रहेको छ् विभिन्न समस्यामा परेकाहरुको सहयोगी बन्दै आएका छन् विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्दे आएका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long