मृत्युलाई नजिकबाट नियाल्दा…

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

मानव जीबन क्षणिक र नाशबान छ भनेर सुन्दासुन्दै अनि मानिसको जीबनको अन्त्य यस धर्तिका अन्य जीबीत प्राणीहरु सरह क्षणिक हो भनेर बुझ्दाबुझ्दै पनि आफुमा भित्री ज्ञानको महशुस नभएको अबस्थामा एकाएक सहकर्मीको मृत्युबरणको  क्षणमा साक्षी बन्दा अनायास आशु बगेर पो सोच्न बाध्य बनायो।

चितामा पार्थिव शरीर भरी फूल-माला रातो अबीर सुगन्धित पदार्थहरुले छोपिएको देह आफ्नै छोराको निर्दयी हात बाट जलाई रहेको दृश्यको साक्षात्कार हुँदै थियौँ ।

उता जीन्दगी भरी संगै बाच्ने कसम खाएकी जीबन संगिनी लगायत आफ्नो परिवारजनहरु पिडा सम्हाल्न नसकेर स्वस्फूर्त चिच्याहटका रोदनका बिच पनि सशस्त्र प्रहरी संगठन बाट सम्मान स्वरूप अर्पित फौजी गारदको सलामी, रास्ट्रीय धुनसहितको सम्मान संगै सबैमा रास्ट्र सेवक हुनुको गौरब महशुस भई  पिडा दबिएर मल्हम लगाएको जस्तो अनुभुति हुँदोरहेछ  ।

घाटमा लहरै जलिरहेका अन्य लासहरुमा आफन्त र शुभ-चिन्तकहरुको पिडाबोध क्रोधन आवाजहरु र आगोका लप्काहरुले सबैलाई हैसियत सम्झाउन अहं भूमिका निभाई रहेको भानहुन्थ्यो।

यति देख्दादेख्दै पनि बिचरा हामी मानिसहरु मौका पाउदा क्षणिक पद, पैसा र कथित उपल्लो हैसियतको राप र तापको शान र पदिय दुरुपयोग गरी अरुलाई पिडीत बनाउन र  मुलुक प्रति गद्दार बन्न उद्धत हुन्छौ ।

आखिर एउटै प्रकृती र परिणामका ती मानिसका अस्तु खरानीहरु बाग्मतीमा जलस्थ बन्दै नचाहेर पनि जल यात्रामा समाहित हुदै महासागर सम्मको यात्रा बिशाल जलासयमा समाहित हुदैछ  ।

हामी मानिस बालक हुँदै बिभिन्न उमेर संगै पद, सम्पत्ती, हैसियतको राप ताप बाट अरु भन्दा फरक हैसियतको बनेको घमण्ड र औकात नामनिशाना क्षिण भरमै मेटीने रहेछ।

सायद अरुको हैसियत सम्झाउनेहरु, आफ्नो हैसियत बिर्सने दम्भीहरु आफुलाई जन्माउने माता पिता र जन्मेको माटो सजिलै भुल्नेहरुलाई  के थाहा जीबनको अस्तित्व क्षणिक पानीको फोका जस्तो कति बेला टप्केर अस्तित्व बिहीन हुन्छ भन्ने कुरा ।

बाग्मतीमा सेलाईएको खरानीको अस्तु नारायणी नदीको बेगको घमण्ड संगै लुटुपुटु गर्दै त्रिवेणीको संगम हुदै केही महीनाको  संघर्षपूर्ण यात्रामा बग्दै, ठोकिदै, रोकिदै, लाखौ मानिसहरुबाट थप प्रदुषित हुँदै अन्त्यमा बिशाल महासागरमा बिलय हुन्छ । ती जिबित हुँदाका औकात, दम्भ, झुठो हैसियत, पलभरमा नकाम हुनेछन् । त्यहाँ जात-धर्म, गरीब-धनी, सम्पन्न देश आदी ईत्यादी नाम समेत लिनुको औचित्य सकिने छन् । जुन मानिसको जीबनको यथार्थता पनि हो ।

अन्त्यमा मृतआत्मा पूर्व सशस्त्र बरिस्ठ प्रहरी उपरीक्षक सुबर्ण थापा मगर प्रति भावपूर्ण श्रद्धांजली, बैकुण्ठ बास होस् र परिवार जन प्रति सहानुभूति ब्यक्त गर्दै रास्ट्र सेवा बाट अबकास जीबन एक दिन परिवारजनहरुबाट र संसार बाट नै अबकास हुने यथार्थतालाई मनन गरौव । बाँकी जीबनशैलीलाई सकारात्मक सोचबाट आफुलाई मस्त ब्यस्त र परोपकारी भाबनाबाट भरौँ आफ्नो लागि त जनावर र जीबजन्तुहरु पनि बाँचेका छन् । हामी सचेत र बुद्धिमानी प्राणी हुनुको गौरब बढाउने तर्फ सचेत बन्न सहकर्मीको स्वर्ग बासबाट प्रेरित बनौँ।

(लेखक : शम्भु प्रसाद उप्रेती सशस्त्र प्रहरीबाट अबकाश प्राप्त बरिष्ठ उपरीक्षक हुनुहुन्छ।)

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long