गुल्मीका पन्थीले सम्हाले लुम्बिनीको गृह मन्त्रालय

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीपरिषद् बिस्तार गरेसंगै गुल्मी जिल्लाका दिनेश पन्थीले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पन्थीको गृह मन्त्रालयमा ईन्ट्री भएसंगै आम लुम्बिनीबासीमा एकप्रकारको आशा पलाएको पाईएको छ ।

बिशेषगरी शान्तिसुरक्षा र भारतसंग सिमाना जोडिएका जिल्लाहरूबाट हुने अबैध कारोबार र चोरीनिकासीमा पन्थीको आगमनसंगै नियन्त्रण हुने लुम्बिनीबासीको आशा छ ।

पन्थी सादा जीवन र उच्च बिचारका बौद्धिक ब्याक्तीमा पर्दछन् ।उनको सादगी जीवन देखेर नै उनीप्रति यति भरोसा गर्न सकिएको    लुम्बिनीवासीको भनाई छ ।

पन्थीलाई भने मन्त्रालयको जिम्मेवारीसंगै चुनौतीको चाङ पनि थपिएको छ । मिलीजुली सरकारमा काम गर्न भनेजस्तो सजिलो पक्कै छैन ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long