मन्त्रालय फुटालेरै मिलाईयो भागबण्डा, लुम्बिनीका ७ मन्त्रीले लिए सपथ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएसंगै आज पुन मन्त्रीपरिषद् बिस्तार गरेका छन् ।

बिस्तारित मन्त्रीपरिषद्का नव नियुक्त ७ जना मन्त्रीले सपथ लिएका छन् ।

महराले आज बिहीवार सरकारलाई पूर्णता दिँदै ११ सदस्यीय मन्त्रीपरिषद् बिस्तार गरेका हुन् ।

जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी गृहमन्त्रीमा दिनेश पन्थी ,खानेपानी तथा सहरी विकास  मन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकास मन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुन केसी नियुक्त भएका छन् । भने भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
यो संगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी र एमालेका लिला गिरी मुख्यमन्त्री हुंदा १० सदस्यीय मन्त्रिपरिषद् थियो ।

त्यसभन्दा अघि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुंदा ४ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद् थियो ।

अब मन्त्री बढेसंगै मन्त्रालय फुटाउनुपर्ने भएको छ । एकजना मन्त्री थपिदा मन्त्री, उनको सचिवालय, गाडी, इन्धन आदि खर्च थपिंदा वर्षेनी करोडौं आर्थिक भार राज्यलाई थपिन्छ ।

महरा चैत २३ गते नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

आज बिहीबार मुख्यमन्त्री महराले १० सदस्यीय मन्त्रिपरिषद् बनाउँदा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका थिएनन् । पछि अधिकारी र उनको दलले मन्त्री बनाउने लिखित सहमति उल्लंघन गरेको भन्दै आपत्ति जनाएपछि मन्त्री नियुक्त गरेका हुन् ।

२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच भएको ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो । तर गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी थपिएपछि जसपालाई एउटा मात्रै मन्त्रालय दिइएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long