लामो रस्साकस्सीपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा समाजवादीका सोडारी, आजै ७ बजे सपथ

Telecom

धनगढी । लामो रस्साकस्सीपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्।

आज नै नेकपा एमालेको समर्थन पाएपछि सोडारीले प्रदेश प्रमुख नाजिर मियाँ समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।सोडारीको दावी पेश संगै आज बिहीबार नै प्रदेश प्रमुख मिँयाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सोडारीको शपथ आजै साँझ ७ बजे राखिएको छ प्रदेश सचिवालयले जनाएको छ ।

सोडारीलाई नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन गरेको छैन। रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गरेका हुन्।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् । प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ ।

adb bank long