संयुक्त विज्ञप्ति निकाल्ने तयारीमा गठबन्धन दलहरु

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिले संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको सत्ता गठबन्धनका घटक दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले निर्वाचनलाई मध्येनजर गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार कांग्रेस र समाजवादीबीच अनौपचारिक छलफल भएको र संयुक्त विज्ञप्ति निकाल्ने तयारी गरिरहेको छ ।

बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सहभागी थिए।

बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएको थियो । गठबन्धनले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा अनुगमनका लागि वरिष्ठ नेता पौडेलको नेतृत्वमा समिति गठन गरेको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long