बढ्दै दशौं महाधिवेशनको रौनक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको उदघाटन सत्र आज हुँदैछ । महाधिवेशनस्थलमा अहिले नै एमाले कार्यकर्ताहरुको चहलपहल शुरु भईसकेको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भईसकेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । तुल, ब्यानर, झन्डा र स्वागतद्धारले यतिखेर चितवन झकिझकाउ बनेको छ।

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। आज दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम रहेको भएपनि त्यहाँ बिहानैदेखि चहलपहल शुरु भएको हो ।

‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति संयोजक भट्टराईले भने, ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ उनका अनुसार महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।

उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेता आउने एमालेले जनाएको छ।

उद्घाटन स्थलमा करिब पाँच सय जना अट्ने मञ्च तयार भएको छ। निकै आकर्षक रूपमा सिंगारिएको मञ्चको तस्बिर खिच्न बिहीबार बिहानैदेखि एमाले नेता–कार्यकर्ताको घुइँचो लागेको थियो । मञ्चमा हुने गतिविधि हेर्न मिल्नेगरी उद्घाटन स्थल नारायणी किनार आसपास डिस्प्ले बोर्डहरु राखिएका छन्।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long