सहसचिवको सरुवा अब प्रधानमन्त्रीबाट, गृहसचिव र संचार सचिवमा को ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक सहसचिवहरुको व्यापक सरुवाको तयारी गरेको छ ।

यसअघि सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको सहसचिवहरुको काज सरुवा पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले गर्ने गरी व्यवस्था मिलाईएको र यससम्बन्धी मुख्यसचिवलाई जिम्मेवारी दिइएको श्रोतको दाबी छ । मुख्यसचिव शंकरदास वैरागीले यस सम्बन्धी जानकारी आफूलाई नभएको बताएपनि सहसचिव सरुवालाई व्यवस्थित गर्न लागेको जनाएका हुन ।

उता कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी(जसपा) नेपाल र एालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समर्थनमा बनेको देउवा सरकार बनेपछि स्थायी सरकार भनिने कर्मचारीहरुको माथिल्लो पद सचिवहरुको व्यापक सरुवाको तयारी गरेको छ । नेपाली कांग्रेस निकट सचिवहरु धेरै नभएपछि कोकोलाई कहाँ पठाउने भन्नेदेखि माओपवादी, जसपा र माधव नेपाल पक्षका नेताहरुले सचिवहरु सरुवामा प्रधानमन्त्री देउवालाई दबाब दिरहेको बालुवाटार श्रोतले बताएको छ ।

श्रोतका अनुसार माओवादीले गृहमन्त्रालय लिएको भए हाल उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदी गृहसचिव बन्ने दौडमा थिए भने कांग्रेसले अर्थ मन्त्रालय पाएको भए वैकुण्ठ अर्याल अर्थ सचिव र मधु रेग्मी राजश्व सचिव बन्ने धुनमा थिए ।

तर, परिस्थिति फरक भएपछि गृहमा एकनारायण अर्याल देखि यादव कोईराला, केवल भण्डारीको दौडधुप छ भने अर्थमा रामकृष्ण सुवेदीदेखि मधु सम्मको चर्चा रहेको छ । त्यस्तै संचारमा चर्चा भएपनि गोकर्णमणी दुवाडीको संभावना रहेको बालुवाटार श्रोतले बताएको छ । त्यस्तै गृहसचिव महेश्वर न्यौपाने रक्षा सचिव बन्न भद्रकाली धाईरहेको चर्चा छ ।यसैबीच सरकारले कर्मचारीहरुलाई क्याडेट बेसमा सरुवा गर्न लागेको बताईन्छ ।त्यस्तै शिक्षा सचिव बन्न भूमिसुधार सचिव टेकनारायण पाण्डेले लविङ गरिरहेका छन् भने विज्ञान सचिव सुरेश आचार्य सहरी विकास सचिव बन्ने चर्चा छ ।

यसअघि कतिपय अवस्थामा मन्त्रीको चाहनामा पनि सचिवको अदलबदल हुने गरेकोमा अव त्यसलाई सुधार्दै सचिवको सरुवा मन्त्रीको चाहनामा नभई प्रधानमन्त्रीकै चाहनामा हुनुपर्ने कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उठेको छ । यद्यपि नयाँ मन्त्रिमण्डलपछि मात्रै सरुवा गर्ने तयारी सरकारको रहेको छ ।

सचिव सरुवा हुने गाईगुईसँगै निजामतीमा सबैभन्दा शक्तिशाली र आकर्षक मन्त्रालयको रूपमा लिइने गृह सचिवको लागि दौडधुप सुरु भएको छ । यसअघि नै क्याडर र क्षमताका आधारमा सरुवा नगरेकोमा असन्तुष्टि जनाएका गृहका दाबेदार सचिवहरू अहिलेको सरकारले न्याय गर्ने आशामा छन् ।

नयाँ सरकार गठन लगत्तै गृह सचिवको सूचीबारे छलफल भए पनि गृहमन्त्रीले यो एउटै मात्र दलको सरकार नभई धेरै वटा दलहरू सम्मिलित भएको र छलफल गरेर मात्रै जाँदा राम्रो भएकोले केही दिन रोकौँ भनेपछि त्यति बेला गृह सचिवको सरुवा रोकिएको थियो ।

सिङ्गो मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको गृह मन्त्रालयमा आउने सचिव राजनीति र प्रशासनलाई राम्ररी बुझेको मात्रै होइन, जिल्लाको प्रशासन प्रमुख सिडिओको समेत नेतृत्व गर्ने भएकोले न्यायिक र जनभावना बुझ्ने व्यक्ति पनि आवश्यक रहने एक पूर्वगृहसचिवले बताए ।

राजनीतिक परिवर्तनसँगै प्रशासनिक नेतृत्व परिवर्तन हुनु त्यति अश्वभाविक नभए पनि यसरी सरुवा गर्दा नैतिकता, इमानदारिता, नेतृत्व क्षमता तथा ट्र्याक रेकर्डलाई भने बिर्सन हुँदैन । राजनीतिक आस्थाकै आधारमा हिजो गरिएका कतिपय निर्णय पनि गलतै थिए भने आज पनि त्यसो नै गरिए त्यो पनि गलत नै हुनेछ । यसर्थ विगतका कमिकमजोरीहरुलाई पनि सुधार्दै स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई न्यायिक निर्णयका आधारमा डोर्‍याउन सके मात्रै सरकार सफलतातिर उन्मुख हुनेछ ।

 

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long