मानुषीको त्यो सुख, बाबुरामको यो तनाव

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । जनता समाजवादी पार्टी(जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीको एक मात्र मानुषी भट्टराईले सामाजिक संजालमा विरोधस्वरुप गर्भवति भएको तस्वीर सार्वजनिक गरेपछि व्यापक चर्चामा रहेको छ । अहिले सामाजिक सञ्जालमा पोष्ट गरेका ‘गर्भवती पेट’ ले व्यापक चर्चा पाएको छ । सबैभन्दा धेरै नायिका प्रियंका कार्कीको चर्चा हुने गरेको छ ।

उनले थरी थरीका फोटा हालेपछि बधाईभन्दा आलोचना गर्नेको संख्या धेरै देखिएको छ । यहि क्रममा अर्की नायिका ऋचा शर्मा पनि गर्भवती बनेकी छन् । तर उनले नाङ्गो पेट देखाएकी छैनन् ।

एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो रु बच्चा पाउने कार्यलाई नै जूठो,अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली रु एक प्रकारको बागी कार्य किन नमान्ने रु’

उरी सामाजिक संजालमा मानुषीले पनि आफू गर्भवती हुँदाको पेट देखाउँदै खिचिएका फोटोहरु पोष्ट गरेपछि उनको पनि चर्चा भएको हो । उनले अरुको समर्थन वा बिरोधमा त्यस्ता फोटो नहालेको स्पष्ट पार्दै लेखेकी छन्,‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ? बच्चा पाउने कार्यलाई नै जूठो,अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ?’

उनले आफू गर्भवती हुँदा बखतका दुइटा फोटोमा ‘मेरो सुन्दर कार्य हेर्नु अब’ भनेर लेख्दै यसरी बिट मारेकी छन् ‘नेपाली कणहरू साह्रै रूढीवादी !’
उता मानुषीले गर्भवती भएको फोटो सामाजिक संजालमा पोष्ट गरिरहँदा बाबुरामलाई चाही तनाव सिर्जना भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको भट्टराई मन्त्री बनाउनेको आग्रह देख्दा उनी तनावमा परको हुन । आफ्र्नै पार्टीभित्र मन्त्री बन्नेहरुको माग र दबाबका कारण अहिले भट्टराई दुखित भएका छन् । पार्टीभित्र सरकारमा कसलाई पठाउने भन्ने विषय अहिले सम्म टुंगो लाग्न सकेको छैन । अब कसरी मिलाउलान त्यो हेर्न बाँकी छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long