ओलीले गाए गीत- ‘बोली मीठो मेरो हजुर सुहाङ नेम्बाङको…’

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

इलाम । यो माथीको भाका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार इलामको मंगलबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दागर्दै गाएको भाका हो ।

सधैजसो स्पष्ट र बिपक्षीलाई रूखो लाग्ने शैलीमा प्रस्तुत हुने ओली बुधवारको कार्यक्रममा भने निकै मलिम भए न कसैलाइ गालि गरे नकसैको सत्तोसराप गरे । बरु नम्र शैलीमा, सुहाङलाई जिताएर पठाएपछि इलामको विकासको जिम्मेवारी आफैँ लिने उद्घोष गरे।

ओलीले इलाममा १ रात गुजारे ।  राति अबेरसम्म इलामका नेता, कार्यकर्ता तथा मतदातासँग भेटघाट र अन्तर्क्रियामा ब्यस्त ओलीले सबैजसो नेता-कार्यकर्तालाई संयमित हुन आग्रह गरेका थिए।

ओलीसंगै  होटलमा रात बिताएका एक नेताका अनुसार, स्व. सुवास नेम्बाङलाई सम्झँदै उनकै जस्तो स्वभाव प्रस्तुत गर्न कार्यकर्तालाई ओलीको निर्देशन थियो।

सुवास यही क्षेत्रबाट २५ वर्षसम्म लगातार पाँचपटक चुनाव जितेका नेता हुन्। दुवैपटकका संविधान सभा अध्यक्षसमेत रहेका नेम्बाङ कसैलाई नचिढ्याउने र रूखो नबोल्ने स्वभावका नेता थिए।

राजनीतिमा हुँदा उनी कहिल्यै कोहीसँग रिसाएनन्। एकता, सहकार्य, समन्वय भन्ने थेगो नै थियो उनको। उनको मिजासिलो स्वभाव र समन्वयकारी व्यक्तित्वको अभाव दलहरूबीचको द्वन्द्व अनि संसदको अहसज अवस्थाका बेला खड्किन्छ। फरक दलका नेताहरू पनि उनलाई सम्झिने गर्छन्।

बाबु सुवासकैजस्तो छोरा सुहाङको स्वभावबाट ओली पनि प्रभावित देखिए। बुवाप्रतिको सहानुभूति मात्रै नभई उस्तै स्वभावले पनि सुहाङलाई टिकट दिनैपर्ने ओलीको बुझाइ थियो। र सोही कुरा भेटघाटका क्रममा बताईरहेका थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long