एकल जातीय अधिकारको कुरा गर्नेहरू सामाजिक सद्भाव र विकास विरोधी : बादल

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एकल जातीय पहिचानको कुरा गरेर जातीय सद्भाव भड्काउने काम गर्नु नहुने बताउनुभएको छ ।

बुधबार इलाम क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले देश सबै जात, जाति, भाषा भाषीको साझा थलो भएकोले एकल जातीय अधिकारको कुरा गर्नु गलत भएको बताउनुभयो ।

एकल जातीय पहिचानको कुरा गर्नेहरू सामाजिक सद्भाव र विकास विरोधी भएको उहाँले बताउनुभयो । ‘अहिले केही जातीय अधिकार र जातीय पहिचानको कुरा गर्नेहरू आएका छन्, उनीहरूका कुराले देशको विकास हुँदैन, देश विकासका लागि सबैको अधिकार सुनिश्चित हुनु पर्छ’, थापाले भन्नुभयो ।

सबैको अधिकार र पहिचान संरक्षण गरेर मात्र समृद्ध नेपाल सुखी नेपालीको बनाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । एमालेले सधैँ साझा अधिकार र साझा पहिचानको पक्षमा रहेको थापाले बताउनुभयो ।

नेपाल निर्माणमा सबै जात जाती, भाषा भाषी, धर्म र समुदायको रगत पसिना बगेकोले सबैको सम्मान गर्नुपर्ने थापाको भनाइ छ । सबैको सम्मान गर्दा मात्र सम्मानित र समृद्ध समाज निर्माण हुने उहाँले प्रष्ट पार्नुभयो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long