मुख्यमन्त्रीले प्रचण्डलाई भेट्नासाथ प्रदेश सभाको आव्हान, ७ गते बिश्वासको मत लिने तयारी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा । गण्डकी प्रदेशका नबनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई भेट्नासाथ गण्डकीको प्रदेशसभा बैठक आब्हान भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको आब्हान गर्ने संबैधानिक ब्याबस्था छ । यसै अनुसार अधिकारीले मंगलवार नै मन्त्रीपरिषद्को बैठक बसी प्रदेश सभाको आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेका थिए ।

बुधवार प्रचण्डलाई भेटेपछि उनले बिश्वासको मत लिने तयारीकासाथ प्रदेश सभा आव्हान गर्न सिफारिस गरेको बुझिएको छ ।

गण्डकीका मुख्यमन्त्रीलाई गत चैत २८ गते सर्बोच्च अदालतले मुख्यमन्त्री नियुक्ती बिरूद्धमा काङ्ग्रेसले हालेको रिटमा सुनुवाई गर्दै दिर्घकालिन रूपका निर्णय नगर्न आदेश दिएको थियो ।

आगामी बैशाख १० गते सर्बोच्चले मुख्यमन्त्रीलाई कागजातसहित उपस्थित हुन भनेको छ । अधिकारी भने सो सुनुवाई भन्दा अगाडी नै बिश्वासको मत लिने तयारीमा छन् ।

मन्त्रीपरिषद्ले गरेकाे सिफारिस बमोजिम प्रदेश प्रमुख दिल्लीराज भट्टले वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे सभा भवनमा अधिवेशन आह्वान गरेका छन् ।

८ गते शनिवार भएको र १० गते मुद्धाको सुनुवाई भएका कारण संभव भएसम्म ७ गते नै बिश्वासको मत लिने गरी मुख्यमन्त्री अधिकारी तयारीमा जुटेको स्रोतले जनाएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long