‘डाली’ गएर पुलमा ठोक्किदा दर्जनौ मानिस हताहत

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

एजेन्सी । अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज (डाली) अमेरिकाको मेरिल्याण्डमा रहेको ‘फ्रान्सिस स्कट की’ पुलमा ठोक्किएको छ ।

जहाज पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । जहाज त्यहाँबाट हिँडेको केही दिन भैसकेको थियो । २२ अप्रिलमा जहाज श्रीलंका पुग्ने कार्यक्रम थियो ।

जहाजको नाम डाली रहेको बताइएको छ । पुल भत्किँदा धेरै सवारी साधन र यात्रु पानीमा डुबेका छन् । दमकल विभागका अनुसार हालसम्म ७ जना बेपत्ता छन् भने २ जनाको उद्धार गरिएको छ । जसमध्ये एकको अवस्था गम्भीर छ ।

जबकि जहाज चालक दल सकुशल छ। तर कयौं मिटर लामो मोटरेवल पुल समुन्द्रमा खस्दा कति मानिस खसे र कति सवारी खसे भन्ने एकिन हुन सकेको छैन ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long