उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा उपाधिका लागि आज पपुवा न्युगिनी (पिएनजी) र  नेपाल भिड्न लागेका छन् ।

मङ्गलबारको लिग चरणको दोस्रो खेलमा पिएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो । शीर्ष स्थानमा रहेको नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको पिएनजी दुई अङ्कसहित फाइनल पुगेको हो ।

आयोजक हङकङ एक अङ्कसहित अन्तिममा छ । आइतबार भएको नेपाल र हङकङको पहिलो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो । नेपाल र पिएनजी बिचको फाइनल प्रतिस्पर्धा बुधबार बिहान ११ बजेर ४५ मिनेटमा हङकङको मोङ कोक मैदानमा हुनेछ । यस फाइनल अघि आज बिहान ६ः ४५ बजेदेखि नै तेस्रो स्थानका लागि हङकङले हङकङ ‘ए’ सँग खेल्दैछ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long