रोकिएन समाजवादीमा पहिरो : केन्द्रीय सदस्यसहित दर्जनौं एमालेमा फर्किए

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

दैलेख  । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बरुनाथ योगी सहित विभिन्न जिम्मेवारीमा रहेका २५ जना नेता एमालेमा फर्किएका छन् ।

उनीहरूलाई नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका छन् । एमालेमा फर्किनेहरूमा समाजवादीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद पार्वती विशुंके, प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल, विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाहीलगायतका नेताहरूरहेका छन्।

त्यसैगरी बिद्यार्थी सङ्गठनका केन्द्रीय सचिव बसन्त रेग्मी, प्रदेश कमिटी सदस्य भिमप्रसाद शर्मा, दुल्लु नगर अध्यक्ष हर्क नेपाली, नारायण नगर अध्यक्ष महेन्द्रनाथ योगी,  दुल्लु नगर सचिव धिरेन्द्र कार्की, युवा संघ केन्द्रीय सचिवालय सदस्य केशरसिंह माझी, केन्द्रीय सल्लाहकार कमिटी गोकर्ण माझी, प्रदेश कमिटी सदस्य एवं क्षेत्रीय समन्वय कमिटी अध्यक्ष आत्मप्रसाद उपाध्याय, प्रदेश कमिटी सदस्य खजुरा सुजी, जिल्ला कमिटी सदस्य कलम नेपाली, जिल्ला कमिटी सदस्य जगत शाही, जिल्ला कमिटी सदस्य खगेन्द्र शाही, जिल्ला कमिटी सदस्य पुर्णबहादुर थापा, जिल्ला कमिटी सदस्य महेन्द्र थापा, जिल्ला कमिटी सदस्य क्षत्र माझी, जिल्ला कमिटी सदस्य यामराज थापा, जिल्ला कमिटी सदस्य लक्ष्मी केसी,  जिल्ला कमिटी सदस्य दिपक रावल रहेका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long