आज काठमाडौं लगायत यी प्रदेशमा वर्षा र हिमपातको संभावना

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदहरूले बताएका छन् । जसको प्रभावले आज शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम बिज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम बर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका एक दुई स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

राति भने देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भागमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको छ । आज बेलुकापख काठमाडौ उपत्यकामा पनि हल्का बर्षाको संभावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long