नेकपा एमाले गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलन सुरू

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमाले गुल्मी काठमाडौ सम्पर्क मंचको १२ औँ जिल्ला सम्मेलन काठमाडौको नक्शाल स्थित लिसरा रिसेप्सनमा सुरू भएको छ ।

सम्मेलनको उद्घाटन नेकपा एमालेका उपमहासचिव एबं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अधिवेशनको ब्यानर पढेर गरेका छन् । अधिवेशनको विशिष्ट अतिथीको रूपमा नेकपा एमालेका सचिव एबं गुल्मी २ का संघीय सांसद गोकर्ण बिष्टको पनि उपस्थिती रहेको छ ।

सम्नमेलनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा , एमाले गुल्मी जिल्ला अध्यक्ष बाल सिंह काउछा , जिल्ला सचिव गणेश श्रीपाली लगायत पार्टीका विभिन्न जिम्मेवारी (पद) र संगठनमा रहेका नेता कार्यकर्ताको उपस्थिती रहेको छ ।

सम्मेलनले आज नै बन्दशत्रको कार्यक्रम संचालन गरि नयां नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । नेतृत्वका लागि विभिन्न आकाक्षी भएपनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि नेताहरू लागि परेका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long