काठमाडौंमा चिसो बढ्यो, यी प्रदेशमा अझै हिमपात र बर्षाको संभावना

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदहरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना पनि रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता काठमाडौँ उपत्यकामा आज शनिबार बिहान पनि चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा भएयता काठमाडौँ उपत्यकाको तापक्रम ह्वात्तै घटेको हो ।

आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको उनले जानकारी दिए । ‘हिजो (शुक्रबार) भन्दा त उपत्यकाको न्यूनतम तापक्रम थोरै बढेको हो, तर ४.४ डिग्री सेल्सियस चिसै हुने अवस्था हो’, मौसमविद् झाले भने, ‘गत बिहीबार वर्षा हुनु पहिले ९ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले यति तल झरेको हो ।’

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । आज १.१ डिग्री सेल्सियस बढेर ४.४ डिग्री सेल्सियसमा उक्लिएको हो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long