आजको मौसम : यी स्थानमा हिमपातसंगै बर्षाको संभावना

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसका कारण आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । साथै गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी र मधेश प्रदेश लगायत पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन  मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long