भूकम्पको इपिसेन्टरबाट गाउँपालिका अध्यक्ष गिरी भन्छन्- ‘हामीलाई तत्काल पाल , न्यानो कपडा र औषधि चाहियो’

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । सोमवार साढे चार बजेतिर बारेकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ५.८ म्याग्निट्युडको भूकम्पको धक्का वरपरका जिल्लाहरूसम्म महसुस भएको स्थानीयले बताएका छन्।

बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरीले सो क्षेत्रमा थप क्षती भएको जानकारी दिएका छन् ।

“अहिले पनि केही घरहरू भत्किए र केही मानिसहरू घाइते भएका छन्। एक जना बच्चा गम्भीर घाइते छन्। थप उपचारका लागि आधारभूत अस्पतालबाट कहाँ पठाउने भनेर म काम गर्दैछु,” उनले टेलिफोनमा भने।

“यो अहिलेको परकम्पले थप क्षति गरिसकेपछि थप एक खालको आतङ्क यहाँ सिर्जना भएको छ,” उनले थपे -“निरन्तरको परकम्पले त्रास बढिरहेको र मानिसहरू घर देख्दा डराउने अवस्था भएको छ।”

उनले राहत पुग्ने क्रम जारी भए पनि ढिलो भएको पनि बताए।

“निकै खालका समस्या छन्। यहाँका मानिसहरूको धैर्यतामाथि अन्याय भएको हो कि भन्ने महसुस भएको छ,” उनले भने।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका पनि उक्त भूकम्पबाट अति प्रभावितमध्येमा पर्छ।

नगरपालिका क्षेत्रमा ४२ जनाको ज्यान गएको छ।

उक्त नगरपालिकाका प्रमुख रवि केसीले भने, “हामीलाई तत्काल चाहिएको भनेको पाल र लत्ताकपडा हो।”

“बाहिर बसेका मानिसहरू अहिले पनि खुला आकाशमुनि रात बिताउन बाध्य छन्। हामीसँग पर्याप्त पाल पनि छैन। लत्ताकपडा र औषधि पनि छैन।”

“रेडक्रस सोसाइटीबाट आएको पाँच/सात सय पालले मात्र यत्रो धेरै भूकम्प पीडितलाई कसरी पुग्छ?”

उनले भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरू आए पनि तत्कालका लागि पुग्ने पर्याप्त सामग्री नआएकाले आफूहरूले सहयोग गर्न नसकेको बताए।

“हामीले आफ्नो बलले सक्ने गरिरहेका छौँ। थप पालहरू मागेका छौँ। हामीलाई पठाइँदैछ त भनिएको छ तर हामी कतिदिन पर्खेर बस्ने?” उनले भने।

उनले भने, “भूकम्प पीडितलाई तत्काल चाहिएको सामग्री भनेको पाल र लत्ता कपडा हो। त्यो एक त पर्याप्त मात्रामा आइपुगेको छैन। आएको पनि पीडितसम्म पुर्‍याउन बाँडिएको छैन।”

पुर्‍याएको तर अझै वितरणको निर्णय नभएको बताए।

“हामीलाई न्यानो लुगा र पाल तत्काल चाहियो। अलि पछि हुन्छ भनेर मात्र भएन। पाल नपाउनेले आजको रात कसरी बिताउने भन्ने भइसक्यो।”

“बालबच्चा र सुत्केरीहरू छन्। पाका मान्छे पनि छन्। उनीहरू खुलामा शीतमा बस्दा बिरामी पर्न थाले। कतिलाई रूघाखोकी लागिसक्यो।”

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long