कांग्रेस महासमिति बैठक फेरि सर्‍यो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकको मिति फेरि सरेको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो ।

पहिले मंसिर १३ देखि १६ मा गर्ने निर्णय भएको थियो । सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएको थियो ।

अहिले जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण बैठक सारिएको उनले जानकारी दिए ।

त्यस्तै, ५२ जिल्लाबाट महासमिति सदस्यको चुनाव सकिएको छ । बाँकी जिल्लामा मंसिर १० सम्ममा सदस्यको चुनाव सक्ने गरी म्याद थप गरिएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long