दुई लाख फोन ब्लक हुदाँ तपाईको पनि पर्ला , यस्तो छ कारण

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्षको भदौ ३० गते देशभर प्रयोगमा रहेका सबै मोबाइल फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता गरिदिएको थियो । त्यसयता यस वर्षको जेठ १५ सम्म आईएमईआई नम्बर दर्ता नभएका फोनको संख्या करिब ४२ लाख पुगिसकेको छ ।

जेठ १ देखि एमडीएमएस कार्यान्वयनमा आइसकेपछि पनि जेठ १५ देखि असार ९ गतेसम्म (करिब तीन हप्तामै) झन्डै पौने दुई लाख फोन फेरि आईएमईआई नम्बर दर्ता नभएरै प्रयोगमा रहेको देखिएको छ । यदि साउन १ गतेदेखि आईएमईआई नम्बर दर्ता नभएका फोनहरू ब्लक गर्ने नीति सरकारले लिए यी फोन ब्लक हुने छन् ।

यी मात्रै हैन गत वर्षको भदौ ३० पछिका आईएमईआई नम्बर दर्ता नभएका फोन पनि राजस्व तिरेर दर्ता नभए ब्लक हुने सम्भावना छ ।

स्थलमार्ग प्रयोग गरी नेपाल भित्रिने र भारतमा रोजगारी गरी आउने व्यक्तिले ल्याउने फोनहरूको हकमा भने स्पष्ट व्यवस्था भइसकेको छैन । भारतबाट आउनेको हकमा राजस्व तिरेर दर्ता गर्न सकिने वा अन्य कुनै व्यवस्था गर्नुपर्ने भन्सार विभागका निर्देशक एवं प्रवक्ता पुण्यविक्रम खड्काको भनाइ छ ।

सरकारले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै एमडीएमएसमा दर्ता नभएका फोनहरू ‘ग्रे लिस्ट’मा राखिएको छ । ‘ग्रे लिस्ट’मा परेका फोनहरू साउन १ गतेदेखि ब्लक हुने सम्भावना छ ।

गत वर्षको असोज १ गतेदेखि नै दर्ता नभएका फोन ब्लक गर्ने गरी एमडीएमएस कार्यान्वयनमा ल्याउने भनिएको थियो । तर, त्यतिबेला प्रधानमन्त्रीको निर्देशनपछि एमडीएमएस लागु हुन सकेन ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long