पूर्व गृह सह – सचिव पक्रन सिआईबीको टोली परिचालन !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । सेटिङ गरेर ललिता निवासको सरकारी जग्गा मन्त्रिपरिषद् निर्णयको अपव्याख्या गरेर डिल्लीबजार मालपोत कार्यालयले २०४९ कात्तिक २५ मा तत्कालीन भोगाधिकारीलाई जग्गा दिने कागजात बनायो । त्यसपछि सुवर्णशमशेरका हकवालाहरू सुनिती राणा, शैलजा राणा र रुक्मशमशेर राणाका नाममा २६ रोपनी ६ आना १ पैसा जग्गा नामसारी भयो । कात्तिक २५ मै मालपोतबाट शैलजा राणा, हेमनशमशेर र हाटकशमशेरका नाममा ४९ रोपनी ३ पैसा नामसारी भयो ।

२०४९ पुस २२ मा पुनः सुनिती राणा, शैलजा राणा र रुक्मशमशेरका नाममा २८ रोपनी १५ आना १ पैसा जग्गा फिर्ता भयो । भोलिपल्ट २३ गते ७ रोपनी १४ आना शैलजा राणा, हेमनशमशेर जबरा र हाटकशमशेर जबराका नाममा लगियो । त्यस क्रममा कागज बनाउने तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाहकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारीकी पत्नी भुवनकुमारी चापागाईंलगायत कर्मचारी र दुई बिचौलियाका नाममा करिब २३ रोपनी जग्गा घूस दिइयो । राणा परिवारले आफ्नो बनाइसकेको जग्गामध्ये ५६ रोपनीमा भने शोभाकान्त ढकाल र रामकुमार सुवेदीको समूहको योजनामा मालपोतले ‘फर्जी मोही’ कायम गरिदिएको प्रहरी अनुसन्धानमा देखिएको छ । यी मध्ये पछिल्लो पटक गृह मन्त्रालयको सह सचिबबाट अवकाश भई निर्वाचन आयोगको आयुक्त बनेका पुर्व आयुक्त शाहलाई प्रहरीले पक्राउ गरेको छ भने ग्रुह मन्त्रालयको सह सचिबबाट अवकास पाएका गेहनाथ भण्डारी भने बाहिरै छन् । भण्डारीलाई सिआईबिले खोजी रहेको छ ।

‘छुटेको’ १२ आना जग्गा मालपोत कार्यालय डिल्लीबजारले २०६२ जेठ ३ मा राणा परिवारकी सदस्य सुनितीका नाममा दर्ता गरिदियो । यसका लागि राणा परिवारसँग मिलेर भूमाफियाद्वय सुवेदी र ढकालले सेटिङ गरेका थिए । जग्गा राणा परिवारले लिइसकेपछि भूमाफियालगायतलाई नै सस्तोमा बेचेका थिए । त्यसअघि २०५८/५९ सम्म समरजंग कम्पनीका नाममा रहेको बाँकी ३३ रोपनी जग्गा नक्कली टिकिन्छा गुठीका नाममा लगेर फर्जी मोही बनाउन गुठी संस्थान, नापी, मालपोत, भूमिसुधार विभाग र भूमिसुधार मन्त्रालयको मिलेमतोमा खेल भयो ।

तत्कालीन भूमिसुधार सचिव युवराज भुसालले मन्त्रालयबाट ३३ रोपनीलाई गुठीमा लैजाने प्रस्ताव सदर गरेका थिए । त्यसकै आधारमा २०६६/६७ तिर बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने गुरुयोजनाको फाइल बनाएर करिब ३३ रोपनीमध्ये करिब आधामा १७ जनालाई मोही कायम गर्ने प्रपञ्च रचियो । त्यही सेटिङमा २०६६ चैत २९ र २०६७ वैशाख ३१ को मन्त्रिपरिषद् निर्णय गराएर मालपोतबाट २०६७ असोज १६ मा समरजंग कम्पनीको २७ रोपनी ७ आना २ पैसा जग्गामध्ये आधा हुने १३ रोपनी १५ आना १ पैसा नक्कली मोही कायम गरिएका श्रीकृष्ण महर्जनसहित १२ जनामा दर्ता गरियो । त्यसको १ महिना नबित्दै भूमाफियाले मालपोतबाट जग्गा आफ्नो नाममा ल्याएका थिए । यसमा भूमाफिया ढकाल र सुवेदी तथा व्यापारी मीनबहादुर गुरुङसहितका व्यक्तिको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long