आफन्तको बिदाइ र स्वागतमा त्रिभुवन विमानस्थलले लगायो यस्तो अंकुश

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने यात्रुका तीन जना आफन्तले मात्रै विमानस्थल हातामा प्रवेश पाउने भएका छन्।

अब उपरान्त एक जना यात्रुका बढीमा तीन जना आफन्तले मात्रै बिदाइ वा स्वागतका लागि विमानस्थलको मूल प्रवेशद्वारबाट भित्र जाने अनुमति पाउने भएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना निकालेर विमानस्थलमा भीडभाड नियन्त्रणका लागि यस्तो कडाइ शुरू गरिएको बताएको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थान सीमित भएको तथा भीडभाडका कारण विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको कार्यालयले जनाएको छ। भीडभाडका कारण प्रवेशद्वार क्षेत्रमा दुर्घटनाको जोखिम निम्तिएका कारण यस्तो निर्णय गर्नुपरेको कार्यालयको दाबी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिले एक जना यात्रुका बढीमा तीन जना आफन्त र मित्रजनलाई विमानस्थल हातामा प्रवेशको अनुमति दिने निर्णय गरेको सूचनामा जनाइएको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long