लहान यातायातद्धारा २८ करोड ६० लाख बढी राजश्व सकंलन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

लहान। सिरहाको यातायात ब्यवस्था कार्यालय , लहानले चालू आर्थिक बर्षको फागुन महिना सम्म २८ करोड ६० लाख २६ हजार २ सय ३९ रूपैयाँ राजश्वव सकंलन गरेको छ ।

कार्यालय प्रमुख कुशेश्वर साहका अनुसार सडक निर्माण तथा सम्भार दस्तुर १४ लाख ४० हजार , कम्पनी रजिष्ट्रेशन दस्तुर ३८ हजार ७ सय , अन्य प्रशासनिक सेवा शुल्क १ लाख १९ हजार ७ सय ५० रूपैयाँ , प्रशासनिक दण्ड जरिवाना र जफत ३० हजार रूपैयाँ , आयकर ७७ लाख १८ हजार २ सय ७५ रूपैयाँ , सवारी कर २० करोड २३ लाख ७२ हजार १ सय ४३ रूपैयाँ , चालक अनुमतिपत्र , सवारी दर्ता किताब सम्बन्धि दस्तुर ७ करोड ३९ हजार ४ सय ७० रूपैयाँ , यातायात क्षेत्रको आम्दानी ५५ लाख ६३ हजार ९ सय १ रूपैयाँ गरि चालू आर्थिक बर्षको फागुन मसान्त सम्म कुल २८ करोड ६० लाख २६ हजार २ सय ३९ रूपैयाँ राजश्व संकलन भएको हो ।

कार्यालयका सहायक शाखा अधिकृत विजय दाहाल भन्छन् – ” याे त फागुन सम्मकाे राजश्व मात्रै हाे , असार मशान्त सम्म हामी राजश्व सकंलनमा छलाङ् मार्नेछाैँ । ”

यसैबीच यातायात कार्यलयमा गुनासो पेटिका पुनः सञ्चालनमा ल्याईएको छ । कार्यालय प्रमुख साहको प्रत्यक्ष सकृयतामा गुनासो पेटिका पुनः सञ्चालनमा ल्याईएको हो ।

यातायात कार्यालय सुधारमा कार्यालय प्रमुख कम्मर कसेर लागिपरेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long