जनयुद्धलाई अपराधीकरण नगर्नु भन्दै विप्लवले दिए यस्तो कडा चेतावनी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीले संचालन गरेको जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न भन्दै कडा चेतावनी दिएका छन् ।

आज काठमाडौमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नु पर्ने धम्की दिएका हुन् ।

 

‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ, यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन,’ विप्लवले भने, ‘जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ ।’

जनताले लडेको युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि उनले पटकपटक दोहोर्‍याए । ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र । २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र । जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ’, उनले भने, ‘त्यो पनि अपवाद हो । जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो ।’

 

महासचिव विप्लवले दलाल, पूँजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु गरेको बताए । नेपाल राष्ट्रलाई स्वाधिन बनाउने मूल उद्देश्य अन्तरगत आफूहरुले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको उनले बताए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long