गठबन्धन भत्काउने एमालेको खेलले प्रधानमन्त्री प्रचण्डलाई फेरी सकस

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको सहकार्य टुटाउँदै नयाँ गठबन्धन बनाएर अघि बढेपछि फेरी उनलाई सकस पर्ने देखिएको छ । विशेष गरी सरकारमा जान खुट्टा उचालेर बसेका दलहरुलाई भागबण्डामा मिलाउन उनलाई बढी सकस देखिएको हो ।
प्रचण्डले सरकारको नीति र नेतृत्व नफेरिने बताउँदै गर्दा मन्त्रीमण्डल विस्तार गर्दा उनलाई ठूलै सकस बेहोर्नुपर्ने अवस्था देखिन्छ । प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका प्रायः सबै दलले सरकारमा सामेल हुने इच्छा देखाएपछि शक्ति बाडफाँटमा समस्या आउन सक्ने नेताहरू बताने गरेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले लिएको ८, रास्वपाका ९ र राप्रपाका २ मन्त्रालयसहित १६ मन्त्रालय मन्त्रीविहीन छन् । ती मन्त्रालयमा कुन दलका कति पठाउने भन्ने गठबन्धन दलका शीर्ष नेताहरूलाई टाउको दुखाई हुनसक्ने भएकाले प्रधानमन्त्रीले पहिला नै विश्वासको मत लिएर सरकार गठनको प्रस्ताव गरेको गठबन्धनका नतोले बताएका छन् ।

एमालेको भागमा परेका ८ र केही राज्यमन्त्रीसमेत लिएर सरकारमा सहभागी बन्ने कांग्रेसको दाउ छ । एमालेले लिएको संख्यामा नघटाई मन्त्रालय पाउनुपर्ने दाबी कांग्रेसले गरेको बताउँदै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भन्नुभयो– ‘हामी ८ मन्त्रालय र २ राज्यमन्त्री समेत लिएर जाने भन्ने दलहरूबीच छलफल भइरहेको छ । कांग्रेसले गृहसहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयसहित उपप्रधानमन्त्री लिएर जाने कुरामा समस्या छैन ।’

उता माओवादी केन्द्रमा गृह मन्त्रालय लिनुपर्ने भन्दै नेताहरूले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएका छन् । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाले अब सो मन्त्रालय कांग्रेसलाई दिन नसकिने माओवादी केन्द्रका नेताहरू बताउँछन् । यसमा कांग्रेस लचिलो भए गृह मन्त्रालय माओवादीले लिन सक्ने आँकलन छ । यदि माओवादीले गृह मन्त्रालय पाएमा शक्तिबहादुर बस्नेतले सो मन्त्रालय सम्हाल्न सक्ने सम्भावना औंल्याइएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने तयारीमा छन् । सरकारको पक्षमा उभिएको राष्ट्रिय जनमोर्चा भने सत्ता बाहिरै बस्ने भएको छ । रास्वपा तत्काल सरकारमा नजाने मनस्थितिमा छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका रास्वपाबाहेक सबै पार्टी सरकारमा सामेल हुने बताए । तर, सरकारमा कुन कुन दल जाने र कुन पार्टीले कुन मन्त्रालय लिने दिने भन्ने विषयमा खासै छलफल अघि नबढेको उनको भनाइ छ । सरकारमा जाने दलहरूको तीव्र मनाशायका कारण भागबण्डामा किचलो हुने र त्यहीबाट गठबन्धनमा फेरि बेमेलको स्थिति आउसक्ने आँकलन गरेर बसेको एमाले आठदलीय सत्ता गठबन्धन फुटाउने रणनीतिमा छ ।
एमालेले फेरी गठबन्धन भत्काएर अघि बढ्ने गरी रणनीतिक खेलमा लागेको स्रोतको दाबी छ । यस्तो अवस्थामा प्रचण्ड सरकारको कतै दिनगन्ति त सुरु भएको होइन भन्ने संसय समेत उत्पन्न गराएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long