यू-१९ एसिया छनोट: निर्णायक खेलमा नेपाल र यूएई भिड्दै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज यूएईसँग भिड्दैछ ।

सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ ।

समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long