नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न रहेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगर-१ कास्की घर भई हाल नखीपोट बस्‍ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका-४ नुवाकवट घर भई हाल टोखा बस्‍ने ३८ वर्षीय अनिल राई र लिखु गाउँपालिका-४, नुवाकोट घर भई हाल तारकेश्वर बस्‍दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरूङलाई रामशाहपथ, राईलाई सामाखुसी र तामाङलाई बालाजु पेयाँटारबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि प्रहरी परिसर टेकु पठाइएको बताइएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long