nepal telicom

रक्सी खाएर कुटपिटमा उत्रिएपछि म्याकुरी प्रहरी खोरमा

काठमाडौ । रक्सी खाएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी)लाई प्ररहीले समातेको छ ।

हिजो राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उनीसहित दुई जनालाई पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाले बताए। उनीहरुले बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ। पीडित पक्षका आफन्तहरु प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने इन्सपेक्टर धमलाले बताए।

adb bank long