प्रचण्डको ओलीलाई प्रस्ताव ‘तपाई राष्ट्रपति बन्नुस, म पाँच वर्ष प्रधानमन्त्री चलाउँछु’

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति बन्न प्रस्ताव गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटघाटका क्रममा प्रचण्डले ओलीलाई राष्ट्रपति बन्न र आफूलाई पाँच वर्ष प्रधानमन्त्री बनाउन आग्रह गरेका हुन ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘त्यसो हो भने तपाईं (ओली) र म मिलेर नयाँ प्राक्टिस गरौं । तपाईं राष्ट्रपति बन्नुहोस् ,म पाँच वर्ष प्रधानमन्त्री बन्छु । पार्टीबाट हामीले बिदा लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं ।’

गृह मन्त्रालयको दाबीबाट पछि नहटेको राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा छलफल गर्न प्रचण्ड र ओलीबीच बिहान भेटघाट भएको थियो । तर उनीहरुले यस विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको बताईन्छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long