अब मन परेको युवायुवतीले ढुक्कैले होटेलमा बस्न पाईने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । उमेर पुगेको र मन पराएको जोडीले अब होटेलमा बास बस्न पाउने भएको छ । प्रहरीले अब त्यसरी होटेलमा बसे पनि छापा नमार्ने भएको छ । हालै मात्र भक्तपुर जिल्ला प्रहरी प्रमुखले यस विषयमा मुख खोलेका छन् ।
भक्तपुरका एसपी प्रजित केसीले प्रहरीले होटलमा छापा नहान्ने बताएका छन् । उमेर पुगेको केटाकेटी राजीखुशीले होटलमा बसेको अवस्थामा प्रहरीले छापा नहान्ने उनको भनाई रहेको छ ।
‘उमेर पुगेको कुनै गर्लफ्रेन्ड–ब्याईफ्रेन्ड राजीखुशीले होटलमा आएर बस्छ भने त्यहाँ प्रहरीले डिस्टर्ब गर्दैन,’ हालै एक सार्वजनिक कार्यक्रममा उनले भनेका छन् ‘त्यो प्रहरीको काम होइन ।’ उनको यो भनाई यतीबेला टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

हप्ता उठाउन होटलमा छापा हान्ने गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ । तर, एसपी केसीले यस्ता काम प्रहरीले नगर्ने बताएका छन् । तर, कुनै होटलमा वेश्यावृत्तिको गतिविधि भएमा भने कारबाही गरिने उनको कडा चेतावनी छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long