भोलि रिहा हुँदै गरेका सन्दीपले बिदेश जान र किशोरी भेट्न नपाउने अदालतको आदेस

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश उल्टाइदिएको छ।

इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ। लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।
अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । त्यस्तै आफूविरुद्ध लागेको बलात्कार मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि अदातलले रोक लगाएको छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

क्रिकेटर सन्दीप लामिछानेले देश भित्रको यात्रा गर्दा प्रहरीको अनुमति लिनुपर्ने छ।सर्तहरुमा लामिछानेलाई विदेश जान रोक लगाइएको छ। त्यस्तै उनलाई अहिलेको मुद्दाको विषयमा सञ्चार माध्यममा बोल्न पनि रोक लगाइएको छ।

सन्दिपले जाहेरीवालालाई भेट्न पाउने छैनन्। त्यस्तै उनले धरौटीमा २० लाख नै नगद तिर्नुपर्ने छ। कानुन व्यससायी,सञ्चार माध्यमले अदालतको मान प्रतिष्ठामा आधात पुग्ने खालको सामाग्री प्रकाशन गर्न पाउने छैनन्।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long