मुख्यमन्त्री पाण्डेले किन दिए राजीनामा ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । प्रतिनिधि सभा सदस्यको शपथ खाएको भोलिपल्ट आज बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएपछि पनि मुख्यमन्त्री भैरहेको भन्दै उनको आलोचना हुँदै आएको थिए ।

पाण्डेले आज शुक्रबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पाण्डे प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए ।

उनले हिजोमात्रै संघीय सांसदको रुपमा सपथ खाएका थिए । सपथ खाएको भोलिपल्ट आज उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनी नेकपा (एकीकृत समाजवादी) का नेता हुन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long