अर्थमन्त्री शर्माका सल्लाहकारलाई कारबाही गर्न सिफारिसले तरंग

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सुर्खेत । चुनावमा अन्तर्घात गरेको भन्दै जुम्लामा पुर्व जिल्ला ईन्चार्जसहित केन्द्रिय अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकारलाई कारबाहिका लागि सिफारिस गरेपछि नयाँ तरंग ल्याएको छ ।

त्यस्तै कर्णाली प्रदेश, जुम्ला जिल्लामा माओवादीलाई ध्वस्त बनाउन कुँवर दम्पती क्रियाशील भएको आरोप लाग्न थालेको छ । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाहीबाट हारेपछि गोमा कुँवर र उनका पति मिलेर इमान्दार कार्यकर्तालाई अन्तर्घाती भन्दै कारबाही गर्न पेरिस डाँडामा सिफारिस गर्न थालिएको छ ।

कारबाहीको लागि सिफारिस भएकाहरूमा पूर्वजिल्ला इञ्चार्ज गजेन्द्र महत र पत्रकार मनऋषि धिताललगायत छन् । कुँवरका श्रीमानलाई स्थानीय चुनावमा तातोपानी गाउँपालिकाको अध्यक्षमा अन्तर्घात गरेर हराएको आरोप लगाउँदै यसअघि नै केही जिल्लास्तरीय नेतामाथि कारबाही गरिसकिएको छ ।

उता पार्टीका तर्फबाट समानुपातिकमा छिरिङ लामा छनोट भएपछि झनै असन्तुष्टि चुलिएको छ । एक वर्षअघि मात्रै माओवादी बनेकी छिरिङलाई लामालाई पूर्वसभामुख कृष्णबहादुर महराको जोडबल गरेको चर्चा छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long