श्रीलंकाली ब्याट्स म्यान बलात्कार आरोपमा पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

 

काठमाडौ । विश्वकप खेल्नका लागि अष्ट्रेलिया पुगेका ब्याट्स म्यान २९ वर्षीय युवती बलात्कारको आरेपमा पक्राउ परेका छन् ।

 

श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका हुन्। गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए।

 

ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ।

 

‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि दानुस्काले उनले भेटेका थिए। त्यसपछि बुधबार साँझ उसले यौन दुव्र्यवहार गरेको आरोप महिलाले लगाएकी छन्’, न्यू साउथ वेल्स प्रहरीले भनेको छ।

नोभेम्बर २०१५ मा  आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी-२० खेलेका छन्।

धनुष्काले अहिलेसम्म ८ टेष्ट खेलमा १८.६९ को औसतमा कुल २९९ रन बनाएका छन्।  यस्तै ४७ ओडीआई खेलेका उनले ४६ इनिङमा ३५.५८ को औसतमा कुल १६०१ रन बनाएका छन्। यस क्रममा उनको ब्याटले २ शतक र ११ अर्धशतक पनि प्रहार गरेको थियो।

यस्तै उनले ४६ टी–२० खेलका ४५ इनिङ्समा १६.४७ को औसत र १२०.४९ को स्ट्राइक रेटमा कुल ७४१ रन बनाएका छन्। धनुष्काको नाममा टी–२० मा ३ अर्धशतक पनि छ।

 

ती महिलाले दानुस्कालाई चार पटक बलात्कार गरेको आरोप लागएकी छिन । नेपालमा पनि अहिले सन्दीप लामिछाने एक नाबालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेका छन् । उनलाई जिल्ला अदालत काठमाडौले र्पुपक्षका लागि थुनामा पठाएको थियो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long