चुनावी तालमेलका लागि २० सिट मागेको लोसपालाई प्रमुख सचेतक एमाले प्रवेश गर्दा ठुलै झड्का

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संग चुनावी तालमेलका लागि छलफल गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक प्रभावशाली नेता एमालेमा प्रवेश गर्ने भएका छन्। लोसपाले एमाले संग चुनावी तालमेल गर्न २० सिट मागेको खबर बाहिरिदा पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् । अगरियाको एमाले प्रवेशले लोसपालाई मात्र होईन मधेसी दललाई नै धक्का पुग्ने बताइन्छ ।

नेता अरगरियालाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली असोज ८ गते धनुषा आउने तय भएको छ ।

जनकपुरधाम आएका बेला पनि एमाले अध्यक्ष केपी शर्मा ओली असोज ८ गते पुनः धनुषाकै क्षेत्र नम्वर २ मा पार्टी प्रवेशका लागि आउने बताएका थिए ।

सत्तागठबन्धनभित्र सिट बाँडफाँडको रस्साकस्सी चलिरहेका वेला विपक्षी दलहरूबीच पनि लेनदेनका संवाद जारी छन् । लोसपा संग तालमेल गर्ने गृहकार्यमा एमाले छ । त्यसका लागि आफ्नो दल तयार रहे पनि लोसपा नेताले एमालेसँग २० सिटमा प्रारम्भिक दाबी गरेका छन् ।

चुनावी तालमेलबारे एमाले अध्यक्ष केपी ओली र लोसपा अध्यक्ष महन्थ ठाकुर बीच ओली निवास बालकोटमा भेटघाट समेत बएको छ ।उक्त भेटघाट सकारात्मक रहेको लोसपा नेता राजेन्द्र महतो बताउछन। भेटमा ठाकुरले तालमेल गर्दा लोसपाले करिब २० सिट पाउनुपर्ने दाबी गरेका छन् । ‘१० सिट त हामीले ०७४ को निर्वाचनमा जितेकै भइहाल्यो । त्यसबाहेक कम मतले हारेका केही ठाउँ छन् । त्योसँगै मधेसबाहेकका क्षेत्रमा पनि यसपटक हामी लड्ने तयारीमा छौँ । त्यहीअनुसार अध्यक्षले कुरा राख्नुभएको छ,’ लोसपा नेता महतोले भने ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long