प्रचण्डको नाम गोरखाबाट सिफारिस

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

गोरखा। नेकपा माओबादी केन्द्र गोरखाले क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ को नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

अध्यक्ष प्रचण्डको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस गरिएको हो । अध्यक्ष प्रचण्डसँगै क्षेत्र नम्बर १ मा नेता हरिराज अधिकारी (कुमार) र नेतृ सुशिला सिंखडाको नाम पनि सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धिताल, पार्टीका गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।

उता प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा पार्टीका बरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुडामणी खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र  प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँ पार्टी अध्यक्ष नरबहादुर गुरुङ र नेता बासु पोखरेलको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

माओबादी केन्द्रले जिल्ला अन्तर्गत संघ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिक तर्फका उमेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको छ ।

 

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long