गगन तानातानमा हुँदा आरजु सर्वसम्मत

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् । आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन्।

महामन्त्री थापाले आगामी चुनावमा पनि काठमाडौं ४ बाटै उम्मेदवार बन्ने बताएका छन्। थापाले भनेका छन्, “मैले काठमाडौँ क्षेत्र नं. ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो।”

उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा काठमाडौं ४ बाटै निर्वाचित भएका थिए। उनले २१ हजार ५५८ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए।

उता अहिले चर्चामा रहेकि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम नेपाली काँग्रेसले कैलाली– ५ बाट सर्वसम्मत सिफारिस गरेको छ ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. आरजु राणा देउवा संघिय संसदमा सर्वसम्मत एकल उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी यस अघि पनि यहि क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार नारदमुनि रानासँग पाँच हजार बढी मतान्तरले पराजित भएकी राणा फेरी रानासँगै चुनावी मैदानमा उत्रिने भएकी हुन् ।राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long