सिंहदरबारमा जबरा गर्जिदा उम्मेदवारमा गजेन्द्रको चर्चा,रामबीर भने ठण्डाराम !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । यता सर्बोच्च अदालतमा प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश र केही वकिलहरुलाई डाम्दै सिंहदरबारमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा गर्जिरहदा उनकै सिफारिसमा ४० घण्टा मन्त्री भएका भनेर चर्चित पुर्वमन्त्री गजेन्द्र हमाल बाकेबाट उम्मेदवार बन्ने चर्चा छ।

आफूविरुद्ध लगाइएको महाअभियोगको सामना गर्न संसदीय समितिमा उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दलका शीर्ष नेतादेखि बहालवाला न्यायाधीशसम्मले गरेका ‘गैरकानुनी हर्कत’बारे मुख खोलेका छन् ।

महाअभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले हिजो र आज कन्फिडेण्टका साथ सांसदहरूले सोधेको प्रश्नको जबाफ दिने क्रममा तथ्यमा भन्दा भावनामा अडिएर पूर्वप्रधानन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारी, पूर्वप्रधानमन्त्रीदेखि बहालवाला न्यायाधीश हुँदै सञ्चार माध्यमप्रति पनि गुनासो र आक्रोश पोखेको एक सदस्यले बताए ।

गत १ फागुनमा महाअभियोग दर्ता भएपछि निलम्बनमा रहेका जबराले समितिमा उभिएर आफूमाथि लगाइएको महाअभियोगको औचित्य नै समाप्त भइसकेको दाबीसमेत गरे।

कांग्रेसबाट लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाल र उनका दाजु गजेन्द्र हमालको चर्चा छ । गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरे पनि ४० घण्टा नबित्दै हमालले राजीनामा दिएका थिए । आगामी निर्वाचनमा बाके २ नम्बर क्षेत्रबाट गजेन्द्र वा उनका भाइ सुरेन्द्र प्रतिनिधि सभातर्फ उम्मेदवार बन्ने दौडमा रहेको स्थानीय काङ्ग्रेस नेताहरू बताउछन् ।

महाअभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले हिजो र आज कन्फिडेण्टका साथ सांसदहरूले सोधेको प्रश्नको जबाफ दिने क्रममा तथ्यमा भन्दा भावनामा अडिएर पूर्वप्रधानन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारी, पूर्वप्रधानमन्त्रीदेखि बहालवाला न्यायाधीश हुँदै सञ्चार माध्यमप्रति पनि गुनासो र आक्रोश पोखेको एक सदस्यले बताए ।

गत १ फागुनमा महाअभियोग दर्ता भएपछि निलम्बनमा रहेका जबराले समितिमा उभिएर आफूमाथि लगाइएको महाअभियोगको औचित्य नै समाप्त भइसकेको दाबीसमेत गरे ।

निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणासँग आजको बयान सकिएको छ । संसदको महाअभियोग सिफारिस समितिले राणालाई १९ गते दिउँसो १ बजे पुन: बयानका लागि बोलाएको छ ।

यता पुर्वमन्त्री तथा बाहालवाला साम्सद रामबीर मानन्धर सिफारिसमा नपरेपछि असन्तुष्ट बनेका छन्।

काठमाडौ एमाले क्षेत्रीय कमिटीले बुधवार काठमाडौं ७ बाट प्रतिनिधिसभाका लागि इन्दिरा पन्त, श्याम घिमिरे र वीपी ढकालको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट रघुजी पन्त र विद्यासुन्दर शाक्यको नाममा समेत छलफल हुँदा दुईपटक सोही क्षेत्रबाट जितेको मानन्धरको नाम भने छलफलमा समेत नआएको नेताहरूले बताएका छन् ।

असन्तुष्ट सांसद मानन्धरले क्षेत्रीय कमिटीको सिफारिसको अर्थ नहुने भन्दै केन्द्रबाट आफूले नै टिकट लिएर छाड्ने बताएका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long