संसदीय कठघरामा जबरा, सकसमा सत्तागठबन्धन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले समिती समक्ष आज पनि बयान दिइरहेका छन् । हिजो पाँच घण्टा खाजा पनि अस्वीकार गर्दै बयान दिएका उनले आज सिफारिस समितिमा उपस्थित भएर बयान दिइरहेका छन् ।

 

हिजो बुधबार प्रधानन्यायाधीश पदको दुरुपयोग गरी संविधान तथा कानूनले निर्दिष्ट गरेको कामभन्दा विपरीत काम गरेको २१ अभियोगसहित ४३ प्रश्नहरूसाथ ११ जना सांसदहरूले राणालाई विभिन्न सवालजवाफ गरेका थिए ।बुधबार समितिले सिंहदरबारमा चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।

 

बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो । ६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो । भदौ १ मा पहिलो बैठक बसेकोमा समितिले भदौ ८ मा भने कार्यतालिका बनाउँदै १२ दिनमा प्रतिवेदन सदनमा बुझाउने तयारी गरेको छ । जब कि यस्तो प्रतिवेदन तयार पार्न नै समितिलाई तीन महिना समय हुन्छ ।

 

उता सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसहितको बैठक निष्कर्षविहीन भएको छ । सिट बाँडफाँटका लागि सहमति जुटाउन बुधबार साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो । बैठकमा दलका नेताहरु आ–आफ्नो दाबीमा टसमस भएपछि सहमति जुट्न नसकेको हो । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले बैठकमा कुनै प्रगति नभएको बताए । तालमेल गर्दा काँग्रेसले १०० सिटमा दाबी गरेको छ भने माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट मागेको छ। सो दाबीमा दलहरु कायमै रहेपछि बैठक आज बिहीबारसाझ फेरि बसेर सहमति जुटाउन प्रयास गरिने बताइएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long