एमालेमा यी तीनथरिलाई उम्मेदवार बन्न रोक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । भर्खरै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय मध्ये तीनवटा निर्णय चर्चामा छन् ।

एउटा – समानुपातिकबाट हाल प्रतिनिधि सभा र प्रदेशसभा सदस्य रहेकालाई फेरि समानुपातिक उम्मेदवारमा सिफारिस नगर्न मातहत कमिटीलाई निर्देशन दिएको छ।

अर्को स्थानीय तहमा पराजितलाई पनि उम्मेदवार बन्नबाट रोक लगाएको छ।त्यस्तै राष्ट्रिय सभा सदस्यलाई पनि उम्मेदवार नबनाउने निर्णय एमालेले गरेको छ।

एमालेका यी निर्णयले स्थानीय तहमा उम्मेदवार बनेर पराजित भएका यो निर्वाचनमा उम्मेदवार बन्नबाट बन्चित हुन पुगेका छन् ।

त्यसैगरी केही राष्ट्रिय सभा सदस्यले प्रतिनिधि सभामा उम्मेदवार बन्न लबिङ गरेका थिए तर केन्द्रीय कमिटीको निर्णयले उम्मेदवार बन्ने उनीहरुको चाहनामा तुषारापात भएको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long