निलम्बित प्रधानन्यायाधीश बयान दिन सिंहदरबार पुग्नु अघि प्रचण्ड र कानुनमन्त्री बीच खुसामद

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफुमाथि लगाइएका ३५ बुदे आरोप पत्रको महाभियोग सिफारिस समितिमा बयान दिइरहेका छन्।

सिंहदरबार स्थित समिति बैठकमा बयान दिन जबरा संसद् सचिवालय पुगेका हुन्। जबरा बयान दिन सिंहदरवार पुग्नु अघि कानुनमन्त्री गोविन्द बन्दी कोईराला प्रचण्ड निवास खुमलटार पुगेका थिए।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा कानुनमन्त्री कोइराला आज बिहान साढे ७ बजे पुगेका थिए ।

यता अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित अवस्थामा छन् ।

जबरामाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ। साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले उनीसँग बयान लिनेछन्।

उता प्रचण्ड र कानुनमन्त्रीबीच झण्डै एक घण्टा छलफल भएको खुमलटार स्रोतले बताएको छ । सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी महत्वपूर्ण कार्यभार बाँकी नै रहेको अवस्थामा यससम्बन्धी बिधेयक सँसदमा दर्ता भएर बसेको छ । पीडितहरुले द्वन्द्वकालीन दोषीहरुलाई उन्मुक्ति दिने कतिपय प्रावधान घुसाएर यस्तो बिधेयक ल्याइएको भनी गुनासो पनि गरिरहेको बेला मन्त्री र माओवादी अध्यक्षवीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long